logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली-नेपाल भेटवार्ता सन्देश,के मिल्ला त एमालेको विवाद ?


अंकुरण खबर
975
Shares

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ ।

राजधानीको मेरियट होटलमा करीव डेढ घण्टा ओली नेपालको भेटवार्ता भएको थियो । भेटवार्ता पछि बाहिरिने क्रममा नेता नेपालले कुनै प्रतिक्रिया नदिए पनि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोति दुगडले भने वार्ता सकारात्मक भएको सञ्चारकर्मीलाई जानकारी दिए ।

चैत दुई गतेपछि ओली र नेपालबीच पहिलो पटक छलफल भएको हो । भेटमा के विषय छलफल भएको थियो भन्ने बाहिर नआएपनि पार्टी विभाजनको संघारमा पुगेका बेला दुई शीर्ष नेताबीचको वानटुवान वार्ताले एमाले नेता,कार्यक्रता तथा शुभचिन्तकहरुमा खुशीको सञ्चार भएको छ ।