नेकपा एमालेको पार्टी कार्यालय आज नयाँ भवनमा सर्दैछ ।
धुम्बाराहीस्थित पासाङल्याह्मु प्रतिष्ठानमा बस्दै आएको कार्यालय थापाथलीमा सर्न लागेको हो ।
दिउँसो ११ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिएका छन ।
त्यसअघि एमालेको पार्टी कार्यालय मदन नगर बल्खुमा शिलान्यास हुँदैछ । ओलीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न लागिएको हो ।