कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ ।
आज राती ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन घोषणा गरिएको हो ।
लकडाउनका समयमा सरकारी कार्यालयहरुमा १५ प्रतिशत कर्मचारी मात्र काममा रहने व्यवस्था मिलाइएको त्यहाँको सरकारले जनाएको छ । विवाह महोत्सवमा २५ जनाको समुहमा २ घण्टा मात्रै उपस्थित हुन पाउने प्रावधान तय गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
साथै एक जिल्लाबाट अर्को जिल्लामा कोही पनि आवतजावत गर्न नपाइने नियम लागु गरिएको छ । महाराष्ट्र राज्यमा हिजो एकैदिन ६७ हजार भन्दा बढी संक्रमित पुष्टी हुनुका साथै ५ सय बढीको मृत्यु भएपछि त्यहाँ लकडाउन गरिएको महाराष्ट्र राज्य सरकारले जनाएको छ ।