अछाममा कोरोना भाईरसका कारण एक जनाको मृत्यु भएको छ ।
जिल्लाको साँफेबगर नगरपालिका-६ भागेश्वरका ६५ बर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
उनको आज (बिहिबार) बिहान ७:३० मा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए ।
पछिल्लो समय विश्वमै सबैभन्दा बढी कोरोना भाईरसको संक्रमणदर रहेको भारतको गुजरातमा रोजगारीको शिलशिलामा रहेका उनी १५ दिन पहिले घर फर्किएका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि बयालपाटा अस्पतालमा गरीएको पिसिआर परिक्षण उनमा बैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।