logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डको आह्वान- संविधानको रक्षाका लागि प्रतिगमनविरुद्ध एकजुट बनौँ


अंकुरण खबर
1.456K
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकार्मी र अग्रगामी शक्ति एकताबद्ध हुनु पर्नेमा जोड दिएका छन् ।

लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले देशको आर्थिक विकास र संविधानको रक्षाका लागि प्रतिगमनविरोधी शक्ति एकजुट हुनुपर्ने बताए ।

कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसङ्घर्षले विभिन्न समयमा पार्टीभित्रका विकृति, विसङ्गतिलाई सङ्घर्षको माध्यमबाट किनारा लगाउने गरेको तथा नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिविरुद्ध लड्दै र खारिँदै सिङ्गो राष्ट्रलाई समाजवादका लक्ष्यमा लामबद्ध गराउन सफल भएको उनले जारी गरेका सन्देशमा उल्लेख गरिएको छ ।

सायद पाठ को तस्बिर हुनसक्छ