नेपाल कम्युनिस्ट पार्टी (एमाले) खनाल-नेपाल समूहले आज स्पष्टीकरणको जवाफ बुझाउने तयारी गरेको छ ।
मंगलबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको तर्फबाट नेता माधवकुमार नेपालसहित संघीय र प्रदेशका ३२ सांसदसँग स्पष्टीकरण मागेका थिए । स्पष्टीकरण दिने विषयमा अहिले नेपालपक्षीय सांसदहरु बुद्धनगरस्थित सहाना प्रतिष्ठानमा छलफल गरिरहेका छन् ।
सांसदहरु रामकुमारी झाँक्री, दीपकप्रकाश भट्टलगायत केही सांसदहरु छलफलबाट बाहिरिएका छन् ।
ओलीले केही सांसदलाई दुई दिन र केहीलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनेका छन् । सोहीअनुसार खनाल–नेपाल समूहले बुधबार प्रतिवादसहित जवाफ दिने निर्णय गरेको थियो ।