रौतहटमा चट्याङ लागेर गुजारा-७ पल्टुवाका ४५ वर्षीय लक्षण महराको मृत्यु भएको छ ।
बुधबार साँझ आफन्तको घरमा बिहेभोजमा सहभागी हुन गुजरा-८ जयराजपुर गएका महराको बिहीबार बिहान ५ बजे शौच गर्न खेतमा गएका बेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहतले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।