logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेता नेपालसहित २७ सांसदले ओलीलाई बुझाए स्पष्टीकरणको जवाफ


अंकुरण खबर
780
Shares

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले स्पष्टीकरणको जवाफ बुझाएका छन् ।

नेता नेपालसहित २७ जनाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ बिहीबार दिएको सोही समूहका नेताहरूले बताएका छन् ।

एमाले संसदीय दलले पनि बुधबारदेखि जबाफ आउने क्रम सुरु भएको र बिहीबारसम्म जारी रहेको जानकारी दिएको छ । अध्यक्ष ओलीले मंगलबार नेपाल समूहका संघीय संसद्का २७ जनालाई स्पष्टीकरण सोधेका थिए । नेपाल समूहले पनि बैठक बसेर स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको थियो ।

नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई यसअघि पनि स्पष्टीकरण सोधिएको थियो । उनीहरूलाई पुनः स्पष्टीकरण सोधिएको हो। ती चारजनालाई तीन दिन र बाँकीलाई दुई दिनभित्र जवाफ दिन भनिएको थियो ।

स्पष्टीकरण सोधिनेमा वरिष्ठ नेता झलनाथ खानाल पनि छन् । अन्यमा योगेशकुमार भट्टराई, रामकुमारी झाँक्रीलगायत छन् ।