सत्तारुढ नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।
राजधानीको मेरियट होटलमा बिहीबार नेताद्वयबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहिबार दिउसो भएको २ घण्टा लामो वार्तामा कुनै सहमति जुट्न नसकेको बताइएको छ ।
बुधबार पनि सोही होटलमा झन्डै साढे दुई घण्टा भएको भेटवार्ता सार्थक निष्कर्षमा पुग्न सकेको थिएन ।
दुई घन्टा लामो वार्तापछि प्रधानमन्त्री ओली बैठक स्थलबाट निस्किएका छन् । वार्तामा के कुरा भयो भन्ने बारे केही सार्वजनिक भएको छैन । यद्यपी वार्ताबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका नेता नेपालले भने, ‘कुराकानीमा कुनै प्रगति छैन ।’