त्रिकोणात्मक टी-२० क्रिकेटमा नेपालले मलेसियालाई ६९ रनले हराएको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका लागि करण केसीको आक्रामक ब्याटिङ अनी सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएपछि लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । जवाफमा २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १४८ रनमै अलआउट भयो ।
यसअघि नै फाइनलमा स्थान सुरक्षित गरेको नेपालले राउन्ड रोबिनको चार मध्येको तीन खेल जित्यो ।
मलेसिया ४ मध्येको तीन खेलमा पराजित रह्यो । २ जित र एक बराबरीका साथ यसअघि नै फाइनल पुगेको नेदरल्यान्ड्ससँग नेपालले शनिबार उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्नेछ ।