पछिल्लो २४ घण्टामा २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा गरिएको १० हजार ४४८ जनाको पिसिआर परीक्षणमा २ हजार ४२८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म २३ लाख ७९ हजार ४०२ जनाको पिसिआर परीक्षणमा २ लाख ९२ हजार १५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २५२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म २ लाख ७६ हजार ३४५ जना संक्रमित निको भइसकेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज देशभर १२ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरि, ८१ जना क्वारेन्टाइनमा रहेको को स्वास्थ्य मन्त्रालयले जनाएको छ ।