logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ११७४ जना कोरोना संक्रमित  


अंकुरण खबर
845
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार १७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना गरी उपत्यकामा १ हजार १७४ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित पछिल्लो २४ घण्टामा नेपालमा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । भने २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा ५ जनाको कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

पीसीआर विधिबाट १० हजार १ जनाको र एन्टिजेन विधिबाट ४४७ जनाको परीक्षण गरिएकोमा ​पीसीआर विधिबाट २३ सय ६५ र एन्टिजेनबाट ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।