logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं सहित धेरैजसो ठाउँको मौसम सफा


अंकुरण खबर
1.924K
Shares

अहिले काठमाडौंसहित देशका धेरैजसो ठाउँको मौसम सफा रहेको छ ।

पश्चिमका केही पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको भए पनि अरु ठाउँको मौसम भने सफा रहेको र अहिले आकाश खुलेर घाम लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आज दिउँसोपछि सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रमा  मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ९ दशमलब ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ५१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३३ मिनेटमा हुनेछ ।