उच्च अदालत वीरगञ्जले शुक्रबारसम्मका लागि अदालतवाट प्रवाह हुने सबै सेवा बन्द गरेको छ ।
तीन न्यायाधीशसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अदालतले वैशाख १२ गतेसम्मका लागि अदालतबाट प्रवाह हुने सेवा बन्द गरेको हो ।
अदालतका न्यायाधीश र कर्मचारी गरी १२० जनाको पिसिआर परिक्षण गर्दा ८६ जनाको रिपोर्ट आएकोमध्ये १८ जनामा संक्रमण पुष्टि भएको अदालतले जानकारी दिएको छ ।
उच्च अदालतले अन्य कर्मचारी र न्यायाधीशको परिक्षण रिपोर्ट नआएसम्म अदालतबाट सेवा प्रवाह गर्न नसकिने सूचना जारी गर्दै सेवा बन्द गरेको स्रेस्तेदार ठगिन्द्र कट्टेलले जानकारी दिएका छन् ।
कट्टेलका अनुसार आइतबारसम्म सबैको परिक्षणको रिपोर्ट प्राप्त भएपछि अदालत खोल्ने बारे निर्णय गरिनेछ ।