logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले धरहरातिर देखाएर आफ्नो दम्भ प्रस्तुत गरे : नेपाल


अंकुरण खबर
910
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धरहरा देखाएर आफ्नो दम्भ प्रस्तुत गरेको बताएका छन् ।

शुक्रबार जनकपुरधामस्थित एमालेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मलेनमा नेता नेपालले प्रधानमन्त्री ओलीको दम्भ अहिले धरहराको भन्दामाथि भर्‍याङ उक्लेर चढेको बताए । ओलीले धरहरा भन्दै दम्भ देखापनि त्यसको कुनै अर्थ नरहेको भन्दै नेता नेपालले ओलीको विचार नै गलत रहेको बताए ।

ओलीको विचार गलत छ, त्यसैले यहाँ नाम र चिन्ह के हो त्यो मुख्य कुरा होइन, विचार मख्य कुरा हो’, उनले अगाडि भने, ‘विचारले नै सहि बाटो देखाउँछ। हामी सही विचारको पक्षमा उभिएका छौँ।’

उनले भने, ‘मैले भनेको थिए अब जेठ २ मा फर्कौ कमरेड, पार्टी एकताबद्ध मिलेर बनाउँ, क–कसलाई थप्नुपर्छ छलफल गरौँ। तर उहाँले हैन जुन निर्णय भइसकेको छ त्यसैलाई मान्नु पर्ने अडान लिनु भो र उल्टै भन्नु भो तपाई किन आउनु भएन?

उनले हिजोको बैठकमा ओलीले आफू विरुद्धको ६ महिनाको कारवाही सम्बन्धमा विचार गर्न सकिने भनेको भन्दै भने, ‘तपाईले मलाई पार्टीबाट निकाल्ने ? यो माधव नेपालले आन्दोलन र संगठन दुईटै सञ्चालन गर्दै आएको छ कसैले निकालेमा निस्कनेवाला छैन।’

केपी ओलीसँगको भेटलाई नेता नेपालले बालुवा पेलेर तेल ननिस्कने अर्थ लगाए।