logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल–खनाल समूहलाई पन्छाउदै एमालेले बनायो स्थायी कमिटी, वामदेव पनि अटे


अंकुरण खबर
559
Shares

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका एक जना पनि नेतालाई समावेश नगरी स्थायी कमिटी गठन गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज ९शुक्रबार० बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा अध्यक्ष ओलीले साविक नेकपा विभाजनपछिकै स्थायी कमिटीलाई एमालेको स्थायी कमिटीमा रुपान्तरण गरेका हुन् । ओलीले बनाएको स्थायी कमिटीमा बामदेव गौतम भने अटाएका छन् ।

अध्यक्ष ओलीले १९ जनाको स्थायी कमिटी बनाउँदै बाँकी सदस्य पछि थप्ने बताएको  बैठकमा सहभागी एक नेताले जानकारी दिए । आजको बैठकले एमाले स्थायी कमिटीको अध्यक्षमा पार्टी अध्यक्ष ओली र उपाध्यक्षमा महासचिव ईश्वर पोखरेल रहने निर्णय गरेको छ ।

स्थायी कमिटी सदस्यहरूमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’,  विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेललाई राखिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।