logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कार आरोपमा दुईजना पक्राउ


अंकुरण खबर
1.365K
Shares

बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

प्रहरीले ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा नुवाकोट तार्केश्वर गाउँपालिका–३ शिवालयका २५ वर्षीय दिलिप श्रेष्ठलाई पक्राउ गरेको हो।

श्रेष्ठले घरमै सुतिरहेकी बालिकामाथि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

त्यस्तै २१ वर्षीया युवती बलात्कार गरेको आरोपमा बर्दियास्थित बारबर्दिया नगरपालिका–३, भक्तिपुरका सुनिलकुमार थारु पक्राउ परेका छन् । विवाह गर्छु भनी ललाइफकाइ जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अध्ययन अनुसन्धान गरिरहेको छ।