logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चार सांसद पार्टीबाट निष्कासित


अंकुरण खबर
728
Shares

सत्तारुढ एमालेले कर्णाली प्रदेशमा पार्टीको निर्देशन (ह्विप) उल्लंघन गरेर फ्लोर क्रस गर्ने चार जनालाई पार्टी सदस्यता र सांसदसमेतबाट निष्कासन गरेको छ।

एमालेको दसौं महाधिवेशनको जारी बैठकले शुक्रबार उनीहरुलाई निष्कासन गरेको हो । निष्कासित हुनेमा सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अम्बरबहादुर थापा छन्।

प्रकाश ज्वाला केन्द्रीय कमिटीमा छन् भने अन्य चार जना प्रदेश कमिटीमा छन्। देवी ओलीले भुलबस फ्लोर क्रस गरेको स्पष्टीकरण गरेपछि उनलाई कारबाही नगरिएको हो।

बैठकमा सहभागी एक नेताले भने, ‘देवी ओलीका बारेमा थप स्पष्टीकरण सोध्ने र बाँकी सबैलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरियो।’

बैठकले निर्णय कार्यान्वयनका लागि कर्णाली प्रदेश सभामा पत्र लेख्ने निर्णय पनि गरेको छ । बैठकमा कर्ण थापा, गोरख बोगटी लगायतले देवी ओलीमाथि कारबाही गर्न माग गरेका थिए।