logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले अन्याय गरेको भन्दै बैठकबाट बाहिरिइन् भगवती चौधरी


अंकुरण खबर
676
Shares

नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको निर्वाचन आयोजक कमिटी बैठक बहिस्कार गरेर बाहिरिएकी छन्।

आफूले पार्टीका लागि गरेको योगदानको अवमूल्यन गरिएको भन्दै चौधरीले बैठक बहिस्कार गरेकी हुन्। उनी सुनसरी जिल्लाको इन्चार्जको जिम्मेवारी आफूलाई दिनुपर्नेमा त्यसो नगरेको भन्दै बैठक छोडेर हिँडेकी छन्।

आफूले एमालेको राजनीतिमा लामो समय बिताएको भएपनि पार्टीले आफूमाथि अन्याय गरेको उनको गुनासो छ।

बैठकबाट निस्किएपछि उनले भनिन्, ‘कार्यविभाजन मिलेन त्यसैले मलाई बैठकमा बस्न मन लागेन। पार्टीले मलाई सँधै अन्याय मात्रै गरिरह्यो। नबौँ महाधिवेशनदेखि नै म केपी बाको पक्षमा लागिराछु। म योग्यता नपुगेको महिला पनि होइन, भूगोलमा बसेर काम पनि गरिसक्या छु।’ चौधरीले भनिन्, ‘मैले मेरो अधिकार माग गर्नु के नाजायज हो ? के म त्यहाँको ईन्चार्ज हुन पाउनुपर्छ भनेर भन्नु अनैतिक हो ?’

एमालेले सुनसरीमा जगदिश कुसहवालाई जिल्ला ईन्चार्जको जिम्मेवारी दिएपछि उनी बैठक बहिस्कार गरेर हिँडेकी हुन्।