logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ


अंकुरण खबर
1.222K
Shares

कावासोती नगरपालिका-३ अठ्ठाइस बिगाह बस्ने ६९ वर्षीय राम बहादुर जिसिको घरमा तास खेलिरहेको अवस्थामा जिसि समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४६ हजार ६ सय ७५ रुपैयाँ,  भारतीय रुपैयाँ ५ हजार र १ बुक तास सहित फेला पारी बिहीबार पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।