logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेले बादललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने


अंकुरण खबर
1.391K
Shares

नेकपा एमालेले गृहमन्त्री रहेका रामबहादुर थापालाई नै उम्मेदवार बनाउने भएको छ।

आज बालुवाटार भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्यको रिक्त उपनिर्वाचनमा नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापालाई उम्मेदवार बनाउने बताएका हुन।

एमालेमा लागेका पूर्वमाओवादी नेता र कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिइने अध्यक्ष ओलीको भनाइ छ।

वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका थापाको माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेपछि राष्ट्रियसभा पद गुमेको थियो।