logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वी नवलपरासीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


अंकुरण खबर
1.352K
Shares

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार–६ मा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।

शुक्रबार बुलिङटारबाट दलदले आउँदै गरेको लु १ ज ३७१० नम्बरको जिप दुर्घटना बुलिङटारमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका परासीका अनुसार मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका–४ का  २३ वर्षीय अजय विक रहेका छन् ।

गम्भीर घाइतेलाई उपचारका लागि दलदलेतर्फ पठाइएको र सामान्य घाइतेलाई स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।