नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ६६४ जनाको पिसिआर परीक्षणमा २ हजार ५५९ जनालाई संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको सख्या दुई लाख ९४ हजार६०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४ सय १० जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ।
आज २४ घण्टामा कोरोना संक्रमित थप पाँच जनाको मृत्यु भएको छ। योसगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय २२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयक अनुसार हाल देशभर १४ हजार ७ सय २४ जना सक्रिय संक्रमित रहेका छन्। देशभर ७५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै, उपत्यकामा मात्र ९ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ७ सय ६०, ललितपुरमा १ सय ६ र भक्तपुरमा ७४ जना रहेका छन् ।