logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरस बढेपछि जापानमा पुनः सङ्कटकालको घोषणा


अंकुरण खबर
767
Shares

अहिले प्रायः सबै देशमा कोरोना भाइरसको संक्रमण पुन: बढेको छ । यसै क्रममा जापानमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि सङ्कटकालको घोषणा गरिएको छ ।

जापानी प्रधानमन्त्री योशिहिडे सुगाले शुक्रबार तेस्रो पटक सङ्कटकालको घोषणा गेको एजेन्सीले जनाएका छन् । देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओसाका, क्योटो र ह्योगोमा सङ्कटकाल घोषणा गरिएको हो ।

महामारी थप फैलिन नदिने उद्देश्यले आइतबारदेखि लागु हुने गरि मे ११ तारिखसम्म सङ्कटकाल घोषणा गरिएको हो । सङ्कटकाल पूर्ण लकडाउन जस्तो भने हुने छैन् । यद्यपी विषेश गरेर भिडभाड हुन नदिने, सामाजिक दुरी कायम गराउने, मास्क लगाउन अनिवार्य गर्नेलगायतका विषयमा कडाई गरिने अन्तर्राष्टिय सञ्चार मध्यमले जनाएका छन् ।