logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालको सानदार जीत ,नेदरल्याण्ड्सलाई १४२ रनले हरायो


अंकुरण खबर
871
Shares

नेपालले नेदरल्याण्ड्सलाई हराउदै त्रिकोणात्मक टी–२० सिरिज  जितेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा घरेलु टीम नेपालले १४२ रनले नेदरल्याण्ड्सलाई हराएर जीत हाँसिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटियो नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने र कमल सिंह ऐरीले २र२ विकेट लिए । अभिनाश वोहराले १ विकेट लिए ।

ब्याटिङमा कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेले । भुर्तेलले ३ छक्का र ८ चौकाको सहयोगमा ५३ बलमा ७७ रन हान्न सफल भए । जारी सिरिजमा कुशलको यो चौथो अर्धशतक हो । कुशल मल्ल ५ छक्का २ चौका हान्दै २४ बलमा ५० रन जोड्दै अविजित रहे ।

नेपाली टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीले १८ बलमा ४८ रन जोड्दै नटआउन रहे । उनले ३ छक्का ५ चौका हाने । यसबाहेक कप्तान ज्ञानेद्र मल्लले ३३ र आरिफ शेखले १६ रनको योगदान दिए ।