भारतमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित हुँदा दिनदिनै नयाँ रेकर्ड चुम्दै गएको छ ।
शनिबारबारमात्रै ३ लाख ४९ हजार संक्रमित थपिए भने २ हजार ७ सय ६० जनाको मृत्यु भएको छ । पछिल्लो चार दिनदेखि कोरोना संक्रमित र मृतकको संख्या धेरै बढेको हो ।
अहिले भारतका अस्पतालहरुमा बिरामी राख्ने बेडको अभाव भएको छ । अक्सिजन र उपचार नपाएर मर्नेको संख्या धेरै छ ।
मृतकको संख्या बढेपछि सामुहिक संस्कार गरिदै आएका ठाँउमा पनि संस्कार गर्न ठाउँ अभाव हुने अवस्था आएको छ । भारतमा कोरोना संक्रमित र मृतकको संख्या अझ बढी हुनसक्ने जनाइएको छ ।
कोरोना नियन्त्र तथा रोकथामका लागि आवश्यक सचेतता नअप्नाउदा कोरोनाले भयावह अवस्था सृजना गरेको हो । त्यस्तै नेपालमा पनि अहिले कोरोनाको वृद्धिदर अति बढी छ । वेलैमा सबैलाई आवश्यक सावधानी नअप्नाउने हो भने भारतकै जस्तो भयानक अवस्था खेप्नु नपर्ला भन्न सकिन्न ।