नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्दै छ ।
पार्टीका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
आजको बैठकले सोमबार बस्ने पार्टी केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्ने छ ।
१४ औँ महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचन, केन्द्र र प्रदेशको सत्ता समीकरण लगायतका विषयमा आजको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।