साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ ।
आज छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको शुक्रबार छापावाला सुन तोलाको ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मुल्य पनि तोलामा ४०० रुपैयाँले घटेर तोलाको ९० हजार ८०० रुपैयाँ कारोबार भएको छ ।
यस्तै, चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेर आज प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
शुक्रबार चाँदी तोलाको १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।