logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशव्यापी लकडाउन हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली


अंकुरण खबर
637
Shares

नेकपा एमालेले कोभिड-१९ को नियन्त्रण र रोकथाममा खट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ।

एमालेको आज बसेको आकस्मिक महाधिवेशन आयोजक कमिटीको बैठकले कार्यकर्ताहरूलाई स्थानीय तह र जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सहयोग गर्न निर्देशन दिएको हो।

‘जिल्ला–जिल्लामा हेल्प डेस्क राख्ने, संक्रमणको सम्भाव्यता भएकाहरूलाई क्वारेन्टिनमा राख्ने, जागरण अभियान सञ्चालन गर्ने, कोही बिरामी भए सहयोग गर्नेलगायतका काममा खटिन कार्यकर्तालाई निर्देशन दिइएको छ,’ एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, ‘बैठकले सिंगो पार्टी एकढिक्का भएर यसविरुद्ध लाग्ने निर्णय गरेको छ।’

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ सीसीएमसीका व्यक्तित्वहरू बसेर गरिएको छलफल र निष्कर्षबारे जानकारी गराएका थिए।

प्रवक्ता ज्ञवालीका अनुसार देशव्यापी लकडाउन गरिने छैन । ‘हट्स्पट भएका ठाउँहरूमा लकडाउन हुन सक्ने भए पनि देशव्यापी रूपमा लकडाउन भने हुँदैन,’ उनले भने, ‘अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा विस्तार गर्ने, सिलिन्डर मगाउने, कोभिड-१९ को खोप विस्तार गर्नेलगायतका काम सरकारले गर्नेछ।’

यस्तै उनले आजको बैठकले कसैलाई कारबाही गर्ने भन्नेबारे निर्णय नगरेको बताए ।