नेपालगन्जमा कोरोना भाइरसका घटना अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
प्रशासनले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, हिंड्डुल गर्न पनि नपाइने जनाएको छ ।
निषेधाज्ञा भोलि १३ गते राती १२ बजेदेखि २० गते राती १२ बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रशासन कार्यालयका अनुसार यस अवधिमा अत्यावश्यकीय सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक अन्य सबै सेवा बन्द गरिएको छ ।
एम्बुलेन्स,शववहान, दमकल, झण्डावाला सवारी, निलो कूटनीतिक प्लेटका सवारी साधान, लामो दूरीका सवारी साधन, निर्माण सामग्री ढुवानी साधन, अत्यावश्कीय सेवा सञ्चालन खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधन र अनुमति पास प्राप्त सवारी साधन भने चलाउन सकिने प्रशासनले जनाएको छ।
