logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलीका लागि बोलाइएको कांग्रेस बैठक सर्‍यो, बैठकअघि सबैको पीसीआर परीक्षण गरिने 


अंकुरण खबर
611
Shares

भोली (सोमबार) का लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्य समिति बैठक मंगलबारका लागि सरेको छ ।

कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भन्दै बैठक एक दिनका लागि सारिएको हो ।

भोलि केन्द्रीय कार्यसमितिका सबै सदस्यहरुको पीसीआर परीक्षण गर्ने र मंगलबार बैठक बस्ने सहमति भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

उनका अनुसार सबै सााथीहरुको परिक्षण गर्ने र मंगलबार बैठक बस्ने टुंगो लागेको छ ।

कांग्रेसले आगामी १४ औँ महाधिवेशन, समसामयिक राजनीति तथा राष्ट्रियसभाको आगामी उप निर्वाचनलगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्य समिति बैठक बोलाएको हो ।