logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

समाचार पढ्दा अन्तर्वाता लिँदा मास्कको अनिवार्य प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह


अंकुरण खबर
3.016K
Shares

सरकारले मास्कको प्रयोग नगर्ने व्यक्तिको समाचार प्रकाशनर प्रसारण नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै संक्रमण बढ्दै गएको हुँदा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ प्रयोग गर्न समाचार पढ्ने व्यक्तिले पनि मास्क लगाउन र मास्क नलाइ लिएको अन्तर्वाता तथा अन्य सुचना प्रकाशन नगर्न आग्रह गरेको हो।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘संचारमाध्यममा समाचार पढ्दा अन्तर्वाता लिँदा वा कुनै पनि कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्कको प्रयोग नगर्ने व्यक्तिको समाचार सुचनाहरुलाई निरुत्साहित गर्न बन्द गर्न प्रकाशन र प्रशारण नगरिदिनुहुन स्वास्थ्य मन्त्रालय अनुरोध गर्दछ।’

पछिल्लो २४ घण्टामा १० हजार ७८ जनाको परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।