logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सार्वजनिक कार्यक्रम नगर्न र नगराउन सरकारको आह्वान,अटेर गरे कारबाही (सूचना सहित)


अंकुरण खबर
2.418K
Shares

नेपालमा कोरोना संक्रमणको जोखिम नियन्त्रण बाहिर जान लागेको भन्दै सरकारले सार्वजनिक समारोह र सार्वजनिक स्थलमा कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बन्न, सार्वजनिक समारोहहरु र सार्वजनिक स्थलमा हुने कार्यक्रमहरु नगर्न, नगराउन र सहभागी नहुन आह्वान गरेको छ ।

साथै स्वास्थका मापदण्ड अप्नाउन पनि अनुरोध गरेको छ । स्थिति भयावह बन्दै गएकाले यस्ता आह्वान नटेर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउन पनि मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।