logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँके र बर्दियामा आजदेखि एक हप्ता निषेधाज्ञा


अंकुरण खबर
1.222K
Shares

बाँके र बर्दियामा आजदेखि एक हप्ता निषेधाज्ञा लागू हुँदै छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि आज मध्यरातिदेखि निषेधाज्ञा लागू हुने भएको हो । आज राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउन गर्ने निर्णय भएको थियो । सङ्क्रमण फैलिँदै गएकाले जिल्लाभरि निषेधाज्ञाको निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीबाहेक अरु सञ्चालन गर्न नपाइने भएको छ । यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापनलगायत सञ्चालन गर्न पाइनेछ ।