logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मास्क नलगाइ हिड्नेलाई सडकमै कारबाही


अंकुरण खबर
1.248K
Shares

स्थानीय प्रशासनले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि मास्क प्रयोगलाई अनिवार्य गरेको छ ।

काठमाडौंसहित कोरोना बढी प्रभावित जिल्लाहरुमा मास्क नलगाइ हिड्डुलमा रोक लगाइएको छ । अटेर गरी हिँड्नेलाई प्रहरीले सडकमै उभ्याएर राख्न थालेको छ ।

सोमबार बिहानमात्रै काठमाडौंका विभिन्न स्थानमा गरेर १६ सय जनालाई सडकमै ‘होल्ड’ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले जानकारी दिए । सोमबारदेखि काठमाडौंका विभिन्न स्थानमा मास्क नलगाइ हिँड्नेलाई सडक छेउमै उभ्याएर राख्न थालेको उनले बताए ।

उता प्रदेश २ का आठ जिल्लामा मास्क नलगाउने ३ हजार जना बढीलाई यो साता कारबाही गरिएको छ । एक सातामा ३ हजार ५ सय २४ जनालाई मास्क नलगाइ हिड्डुल गरेको अभियोगमा काराबाही गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले प्रदेशका पर्सा, बारा, महोतरी, रौतहट, सर्लाही, धनुषा, सिराह र सप्तरीबाट एक सातामा ३ हजार ५ सय २४ जनालाई काराबाही गरिएको हो । मास्क नलगाइ हिड्नेलाई नियन्त्रणमा लिइ ३ घण्टा सडकमै होल्ड गर्ने र जनही एक सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

यसरी गरिएको कारबाहीबाट एक सातामै ३ लाख ५२ हजार ४ सय रुपैयाँ राजश्व संकलन भएको प्रदेश प्रहरी प्रवक्ता एसपी कृष्ण प्रसाइँले जानकारी दिए ।