काठमाडौं उपत्यकामा आंशिक लकडाउन मात्र हुने भएको छ ।
यसका लागि कुन-कुन क्षेत्र खुकुलो गर्ने भन्ने विषयमा निर्णय गर्न अहिले काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओहरुसहितको बैठक बसिरहेको छ ।
यसअघि बुधवारदेखि उपत्यकामा लकडाउन हुने भनिए पनि तत्काल पूर्ण रुपमा लकडाउन नहुने भएको हो ।
सीडीओहरुको जारी बैठकमा काठमाडौंका केही क्षेत्र खुकुलो राखेर निषेधाज्ञा जारी गर्ने बारेमा छलफल भइरहेको छ ।
कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच सय पुगेका जिल्लामा निषेधाज्ञा गर्न सीसीएमसीले निर्णय गरेको थियो । जारी बैठकले यससम्बन्धी निर्णय गर्नेछ ।
यस्तै, बैठकले काठमाडौंबाट हुने आन्तरिक तथा बाह्य हवाइ उडान पनि बन्द गर्नेबारे निर्णय गर्ने बताइएको छ ।