बैतडीको पाटन-खोड्पे सडकखण्डमा पर्ने हिरापुर भन्ने स्थानमा जन्ती जीप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १२ जना घाइते भएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेशको ०१-००१ च ३७७ नम्बरको जीप आज विहान ५ः५० बजे दुर्घटनामा परेको हो ।
घाइतेहरुमध्ये १० जना सामान्य र दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवम् इन्सपेक्टर किशोर ऐरीले जानकारी दिएका छन् ।
उनका अनुसार दुर्घटनामा बेहुला-बेहुली पनि घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । घाइते सबैको बैतडीको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
जीप सडकबाट करिब एक सय मिटर तल खसेको थियो । घटनास्थल इलाका प्रहरी कार्यालय पाटनबाट १० किलोमिटर टाढा पर्दछ ।