logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुर्खेतमा भोलि मध्यरातिदेखि एक हप्ताका लागि निषेधाज्ञा


अंकुरण खबर
728
Shares

सुर्खेतमा भोलि राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

आज बसेको  जिल्ला कोभिड व्यवस्थापन केन्द्र सुर्खेतको बैठकले एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

‘भोलिदेखि जिल्लाभर एक हप्ता निषेध आदेश जारी गर्ने निर्णय भएको छ’ रिजालले भने, ‘कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेध आदेश लागू गर्न लागिएको हो ।

सुर्खेतमा अहिलेसम्म चार सय जनाभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ ।

यस्तै बाँके र बर्दियामा पनि आजदेखि एक हप्ता निषेधाज्ञा लागू हुने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि आज मध्यरातिदेखि निषेधाज्ञा लागू हुने भएको हो ।

आज राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।