logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्काभेटर पुरिँदा रुकुम पूर्वमा चालकको मृत्यु


अंकुरण खबर
806
Shares

रुकुम पूर्व, भूमे गाउँपालिका–८ सिमखोला (पूर्साबाङ) मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिराले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ ।

आइतबार बेलुका सडक खनिरहेका बेला एक्कासी झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख शविन शाहले जानकारी दिए । पहिराले पुरेको स्काभेटरको बकेट मात्र देखिएको छ ।

घटना भएलगत्तै प्रहरी घटनास्थलमा पुगे पनि तत्काल उद्धार सम्भव नभएको उनले बताए । अहिले सो ठाउँमा अर्को डोजरको सहायताले माथिबाट झरेको पहिरो हटाउन सुरुवात गरिएको बताइएको छ ।

उनका अनुसार पुर्साबाङ–रुकुकोट-कुचिवाङ-कोर्जा-तमारी–लावाङ सडकखण्डअन्तर्गतको पुर्साबाङमा सडक खन्ने क्रम जारी रहेको थियो ।

उक्त ठाउँमा कमजोर माटो भएको हुँदा मानिसले नै खन्ने र उपकरणको प्रयोग नगर्ने भनिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए । उनले ठेकेदार कम्पनीले उपकरण प्रयोग गरेपछि घटना भएको जानकारी दिए । रासस