गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ ।
कास्कीका दुई, स्याङ्जा र म्याग्दीका १/१ जना संक्रमितको आज मृत्यु भएको हो ।
आज बिहान ६ बजेतिर पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय युवकको मृत्यु भएको छ । वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको युवकको पोखरा मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
पोखरा महानगरपालिका–१ की ५५ वर्षीय महिलाको आज दिउँसो पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । त्यसैगरी शनिबार कोरोना पुष्टि भएका स्याङ्जाको वालिङ नगरपालिका–१२ का ५८ वर्षीय पुरुषको पनि आज नै मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जनाएका छन् ।
त्यसैगरी आइतबार कोरोना संक्रमण पुष्टि भएका म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय वृद्धको सोमबार बिहान सवा ३ बजे उपचारको क्रममा मृत्यु भएको छ ।
योसँगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई सय १५ पुगेको छ ।