logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा मात्रै १९१२ संक्रमित


अंकुरण खबर
1.352K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४ सय पीसीआर तथा ८९३ एन्टिजेन परीक्षणमा तीन हजार ५५६ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख ३ हजार ५६१  पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार देशभर ३७८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म २ लाख ७७ हजार ९५१ संक्रमित निको भइसकेका छन्।

आज थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ७६ पुगेको छ।

यस्तै गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ९ सय १२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका १५६७ जना, ललितपुरका २२३ जना र भक्तपुरका १२२ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार हाल देशभर २२ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेका छन्। देशभर ६५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।