देशको पूर्वी भू-भागमा न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबारर बिहान प्रदेश नं १ तथा प्रदेश नं २ का केही भू-भाग लगायत देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागहरुमा मौसम सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ ।
आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।