logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने


अंकुरण खबर
676
Shares

सरकारले आगामी वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञालागू गरेसँगै काठमाडौं प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।

कोरोना संक्रमणको दर बढेपछि काठमाडौं जिल्लामा जारी गरिएको आदेश अनुसार अब काठमाडौं प्रवेश गर्दा अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्‍वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने भएको हो ।

प्रमुख जिल्ला अधिकारीले जारी गरे अनुसार संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६को उपदफा ३ अनुसार आउदो १६ गतेदेखि काठमाडौं जिल्लाभर लागू हुनेछ ।