जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूको बैठक जारी छ ।
पार्टी कार्यालय बालकुमारीमा अहिले जसपाका शीर्ष ६ नेताहरूको बैठक बसिरहेको हो। जारी बैठकमा वर्तमान राजनीति र समसामयिक विषयमा छलफल भइरहेको एक अधिकारीले बताए ।
बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।
यसअघि स्थगित हुँदै आएको कार्यकारिणी समितिको बैठक पनि आजै बस्ने बताइएको छ ।