logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउ घट्यो, चाँदी प्रतितोला ५ रुपैयाँले बृद्धि


अंकुरण खबर
1.274K
Shares

नेपाली बजारमा मंगलबार सुनको भाउ सामान्य घटेको छ ।

मंगलबार छापावाला सुन तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहको छ । यस्तै, आज चाँदी भने बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा नै कारोबार भएको थियो ।