निषेधाज्ञाको अवधिमा सेयर बजार भने बन्द नहुने भएको छ ।
नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको हो ।
नेप्सेका अनुसार घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिने र सेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले बजार बन्द गर्नु नपर्ने नेप्सेले जनाएको छ ।
गत वर्ष भएको लकडाउनमा भने सेयर बजार पनि ५० दिन बन्द भएको थियो ।