सत्तापक्ष एमालेको अवरोधका कारण गण्डकी प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ ।
नेकपा एमालेका सांसदहरुले कोरोनाको कारण देखाउँदै सांसदहरुको पीसीआर परीक्षण गर्नुपर्ने माग गरेपछि बैठक २० मिनेटका लागि स्थगित भएको हो ।
कोरोनाको संक्रमण दर तीव्र रूपमा फैलिएकोले परीक्षणपछि मात्र बैठक सञ्चालन गर्ने व्यवस्था मिलाउन एमालेका सांसदहरुले आग्रह गरेका छ्न् । बैठक शुरू हुनासाथ सांसदहरू उठेर सदन अवरुद्ध गरेका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा हिजोदेखि सदनमा छलफल चलिरहेको छ ।