logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो देश जान नपाइने


अंकुरण खबर
767
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्न नपाइने भएको छ ।

अध्यागमन विभागले यही वैशाख १५ गते राति १२ बजेदेखि लागु हुने गरी ट्रान्जिट रुट प्रयोगमा रोक लगाएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जाने उद्देश्यले नेपाल आउन र विमानस्थललाई ट्रान्जिटको रूपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न पाइने छैन ।

कोभिड–१९ को नयाँ भेरियन्टलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको विभागले जनाएको छ । काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि वैशाख १६ देखि निषेधाज्ञा जारी गरिएको छ ।

साथै विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाइ आगमन गर्न र नेपालबाट विदेश जान भने पाइने विभागले जनाएको छ ।