logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्य मन्त्रालयको चेतावनी : पीसीआर परीक्षणमा तोकिएको भन्दा बढी शुल्क नलिनु (सूचनासहित)


अंकुरण खबर
1.287K
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई  पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क नलिन चेतावनी दिएको छ ।

सरकारले कोरोना सङ्क्रमण पहिचानको लागि पीसीआर परीक्षण गर्दा सरकारी अस्पतालमा एक हजार र निजी अस्पतालमा दुई हजार रुपैयाँ शुल्क तोकेको छ । तर कतिपय अस्पतालले सङ्क्रमण रोकथामलगायतको बहानामा थप शुल्क लिने गरेको पाइएको भन्दै मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क नलिन सूचनामा भनेको छ ।

यदि कसैले तोकिएको भन्दा बढी शुल्क लिएमा पीसीआर परीक्षणको सूचीबाटै हटाउने चेतावनी पनि मन्त्रालयले दिएको छ ।

सूचना सहित: