logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपाको बैठक निष्कर्षविहीन


अंकुरण खबर
1.339K
Shares

जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताको छलफल निष्कर्षमा पुग्न नसकी टुंगिएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज मंगलबार बसेको छलफलबाट जसपाले कुनैपनि निष्कर्ष निकाल्न नसकेको हो ।

पार्टीका शीर्ष नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठको सहभागिता रहेको उक्त बैठक नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्ताव अगाडि बढाउने/नबढाउने भन्नेबारे जसपाको औपचारिक निर्णय मागेपछि बसेको हो ।

पार्टीभित्र दुई धार देखिएको जसपामा ठाकुर र महतो ओली नेतृत्वको सरकारको समर्थनमा छन् भने भट्टराई र यादव पक्ष ओलीविरूद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने पक्षमा छन् ।